७०. लैजाउ तिम्रा संझना यो दिलको भित्ता बाट फैलिए झन् हात बनि अंगुल बित्ता बाट जल्नु अघि ब्रह्मनालमा बोल्यो एउटा लाश नपठाउ याद झर्दैन आँशु मेरो चित्ता बाट।। ७१. तिमीलाई
६६.हामी जस्तै कालापानी लिपुलेक नि रुँदो होला तात्तिएर लिम्पियाधुरा हिउँले मुहार धुँदो होला युगौँदेखि दोस्रो मान्छे बनि जिवन चलाउनेलाइ घरदेशले बिर्सिदिँदा मनमा कस्तो हुँदो होला? ६७.मैले आकाश देख्न पाको धर्ति
६२.आफ्नै सँग समान हुन मिल्नुपर्छ औकात पनि निर्धोले त पर्छ निल्नु लुकाइ लुकाइ चाहत पनि कसैको त जिन्दगीमा बाह्रै मास भेल बाढी बलेसीमा झरिरहन्छ आँशु आफैँ वर्षात् बनि ।। ६३.जिन्दगी
५८.मेरै साथमा हुँदा पनि तिमिलाइ दुखी देख्नुपरे मुटु काटी बिछोडका कथाहरू लेख्नुपरे भैगो तिमी खुशी हुनु मलाई संसार जित्नु छैन । मेरो खुशी निम्ति तिमीले काँडा माथि टेक्नुपरे।। ५९.कहिलेकाहीँ अाँशुहरु
५४.डरायो हाल अनि बेहाल डरायो अखडा र खालले पार्ने गाल डरायो बेवास्ता गरेँ जानि जानि झेलि खेलका हरकत अात्तिएरै उसको ननिको चाल डरायो। ५५.अाक्षेप नलगाउ याद तिम्रो नअाएको होइन तिमी
५०.न त घट्छ सुगन्ध त्यो गुलाबमा काँडा हुँदा, नबिर्सन्छ मनले तिमीलाई दूरी थोरै टाढा हुँदा। उस्तै फुलोस् विश्वासको गुलाब जस्तो पहिले फुल्थ्यो, समान देख्नु तिमीले माया थोरै फिक्का गाढा हुँदा।।
४६.थाहा छैन नजानेरै पुण्य गरेँ या पाप गरेँ तिमी भन्छौ बिना सित्ति दुनियाको सन्ताप गरेँ।। कतै लाग्यो मनमा तिमी अलमलियौ मेरो कारण बनाएर पत्थर मुटु आफ्नै प्रेमलाई ईन्साफ गरँ।। ४७.दिएर
४१.निराकार थियो जिन्दगिले आकार बनायो सपना पनि देख्नैका लागि साकार बनायो। लम्बा चौँडा नजान्ने त्यो मूर्ति जस्तो मान्छेलाई हेर्दाहेर्दै समयले प्रख्यात कलाकार बनायो।। ४३.बिर्से पनि बज्रिएका लाठि मुङ्ग्रा तीरहरु खीलझै
३७.जसको साधनाले ढुङ्गोलाई भगवान बनाउँछ, जो पुज्छ भगवान र साधकलाई कसरी ढुङ्गो बनाउँछ? खबरदार परै बस्नु जातियताको वकालत गर्नेहरु हो तिम्रो बिखण्डनकारी चलखेल अघेरै गन्हाउँछ।। ३८.जब जब रहर सँगै बाध्यता
३३.बरु लाग्दैन डर त्यति जहर देखेर त्यति लाग्छ अत्यास अचेल शहर देखेर त्यो नुनचुकले के चहराउला र मान्छे यहाँ उति पोल्छ मन नजाने गाउँको सफर देखेर।। ३४.कुनै कुनै यात्रा हरु
२९.तिमी हामी बाँचिरहेको युग यति डरलाग्दो छ मानौँ सर्पको सवारमा गरिएको यात्रा भरलाग्दो छ ढुक्कसँग खेलिन्छ मान्छेकाे भावना सँग यहाँ छैनन् नाता त्यस्ता पनि देख्दा जति रहरलाग्दो छ।। ३०.ठण्डी देखि
५.आफ्नै आविष्कार आफ्नै अघि काल बनेर कराइरहेछ आफ्नाकै छुवाई आफ्नैका लागि घाउ बनेर चहराइरहेछ मृत्युको असली भय के हो?सोध्नु काँपिरहेको बिरामी सँग धान्नकै लागि एक मुठ्ठी प्राण आज विश्व हडबडाइरहेछ।।
२१.पाइला पाइलामा बच्नु पर्ने मुटु भित्र बस्ने सँग अघिल्तिर हुँदा सम्म घस्नु चिल्लो घस्ने सँग।। सामना गर्ने हिम्मत हुन्छ आँखा अघि जाइलागे कायल हुन्छ जीवन पछि बाट छुरा धस्ने सँग।।
१७.जिस्किएर मस्किने त्यो बानी अर्कै कुरा फाइदा मात्रै देखेकालाइ हानी अर्कै कुरा रानी बनाउँछु भन्ने हरु बिर्सिदिन्छन् कहिले काँही साँच्चै रानी र रानी वाला कहानी अर्कै कुरा।। १८.जज साब यहि
१३.आउनु पुर्ब नै मनलाइ सुनेर आउनु भाग्य या मुटु कहाँ बस्ने चुनेर आउनु यो कोलाहलको वस्ती हो सुन्नु पर्छ धेरै यहाँ त्यसैले कानका जालिहरु थुनेर आउनु।। १४.सकिएला जन्ती तर मलामी
९.गर्छन् प्यार लुकेर खुलेरै झगडा देखाउँछन् निर्धा पाए आफुलाई खुबै तगडा देखाउँछन् लाग्दैन भरोसा किन किन आफ्नैहरु सँग पनि मनमा राखेर तुष आँखामा घडा देखाउँछन्।। १०.आगो भर्भराउँथ्यो देखियो आज काल
५.भन्दा भन्दै लेख्दिन म कलम किन थमाउँछौ जब लेख्न थाल्छ सत्य हात किन समाउँछौ तानेरै भा नि दोस्राको खुट्टा आफुलाई उचो बनाउँथ्यौ त अव उभिनु छ एक्लै तिमीले खुट्टा किन
१.गाउँमा जस्तो प्रिय कुरा भेटिदैन शहर तिर दुर गाउँको मीठो झल्को मेटिदैन शहर तिर जान्दा जान्दै मुखमा राम बगलीमा छुरा हुन्छ रहरले कोहि पनि लखेटिदैन शहर तिर।। २.म घाम हुँ