मुक्तक

७०. लैजाउ तिम्रा संझना यो दिलको भित्ता बाट
फैलिए झन् हात बनि अंगुल बित्ता बाट
जल्नु अघि ब्रह्मनालमा बोल्यो एउटा लाश
नपठाउ याद झर्दैन आँशु मेरो चित्ता बाट।।

७१. तिमीलाई दुख्ला भनेर हो मैले मुख नबाएको
फुट्दा पनि आफ्नै मुटु भित्र भित्रै दबाएको
सिधै भने हुन्छ कोहि माया गर्ने भेटेँ भनि
कत्ति पर्दैन मन मलार्इ तिमीले कुरा चपाएको।।

७२.भन तिम्रो नियास्रो मेट्न मैले के के गर्नु पर्छ
हुन्छ भेट यहि जुनीमा कि भेट हुन मर्नुपर्छ?
कुनै कुनै संयोगहरु आखिरी नै हुँदा रैछन्
अर्को संयोग जुर्नलाइ आकाश भूइँमा झर्नुपर्छ।।

मुक्तक

Pipala Dhungana, पिपला ढुङ्गाना

६६.हामी जस्तै कालापानी लिपुलेक नि रुँदो होला
तात्तिएर लिम्पियाधुरा हिउँले मुहार धुँदो होला
युगौँदेखि दोस्रो मान्छे बनि जिवन चलाउनेलाइ
घरदेशले बिर्सिदिँदा मनमा कस्तो हुँदो होला?

६७.मैले आकाश देख्न पाको धर्ति टेके देखि न हो
जूनको मूल्य बढ्दै गाको बादलुले छेकि न हो
तिम्रो आँखामा फूल हुँदा सम्मपनि ठिकै थियो
कुरा बिग्रिएको तमीले काँडा देखे देखि न हो।।

६८.नाडि भन्दा मुल्यवान घडि भए पछि
तितो लाग्छ सक्खर पनि बढी भए पछि
पुतली जस्ता चम्किला सपना छिट्टै झर्दा रैछन्
अब फैलाउँछु सपना मणि भए पछि।।

६९.वाणीदेखि संगीत सम्म धुन अर्कैको हुन्छ
देखिनुमा रवाफिलो गुन अर्कैको हुन्छ
स्वाबलम्बी हुँ भनेर छाति फुलाइ हिड्नेहरुको
गलामा सुन र भान्सामा नुन अर्कैको हुन्छ।।

मुक्तक

Pipala Dhungana, पिपला ढुङ्गाना

६२.आफ्नै सँग समान हुन मिल्नुपर्छ औकात पनि
निर्धोले त पर्छ निल्नु लुकाइ लुकाइ चाहत पनि
कसैको त जिन्दगीमा बाह्रै मास भेल बाढी
बलेसीमा झरिरहन्छ आँशु आफैँ वर्षात् बनि ।।

६३.जिन्दगी पनि बिचित्रको मझधारमा छ
लाग्छ सबै झैँ किनमेलको बजारमा छ
सयमा पाइनेँ त तेरो मेरो श्रम हो बिर्खे
छाक टार्ने नुन तेलको भाउ हजारमा छ।।

६४.यता किसान मानो रोपी मुरी कुर्दै बसेका छन्
ठ्याक्कै साइत मिलाएर सलह गाउँ पसेका छन्
आउन पनि कति सम्म आउँन सक्या महामारी
जे जे आए ति सबैले निमुखालाई डसेका छन्।।

६५.वर्षौँदेखि छिमेकिले आफ्नै आँगन मिच्दै आए
अंगुल बित्ता जे ले हुन्छ वर वर खिच्दै अाए
शताब्दी नै कटि सक्यो देशलाई पारी सुम्पिएको
यता पाउर जे जे मिल्यो बाँडि बाँडि घिच्दै आए।।

मुक्तक

५८.मेरै साथमा हुँदा पनि तिमिलाइ दुखी देख्नुपरे
मुटु काटी बिछोडका कथाहरू लेख्नुपरे
भैगो तिमी खुशी हुनु मलाई संसार जित्नु छैन ।
मेरो खुशी निम्ति तिमीले काँडा माथि टेक्नुपरे।।

५९.कहिलेकाहीँ अाँशुहरु झरि अोझेल पारिदिन्छन्।
थाहा नपाई परेलिले वर्षा पनि झारिदिन्छन्।
संझिएको अाफ्नो मान्छे !छेपारो झैँ रङ्ग फेर्छ
लाग्छ जित्ने युद्ध पनि अाफ्नाहरु हारिदिन्छन्।।

६०. गर्न पनि दुनियामा के के मात्रै गर्नुपर्छ
अप्जस खेप्न बाँच्नु अनि राम्रो हुन मर्नुपर्छ
उसले सर्दा कुन्नि खै के बिग्रिदो रहेछ र हो
लगाउँ प्रित भन्यो जहिले म नै अघि सार्नुपर्छ।।

६१.हाम्रै निम्ति कुरेको त्यो प्रहर हुनेछ
प्रेम नै प्रेम को मायावी त्यो शहर हुनेछ
जब पर्खाइको सिमा अन्तिमतिर ढल्दै हुन्छ
मेरो सामु तिम्रो प्रेमिल नजर हुनेछ।।

मुक्तक

pipala dhungana पिपला ढुंगाना

५४.डरायो हाल अनि बेहाल डरायो
अखडा र खालले पार्ने गाल डरायो
बेवास्ता गरेँ जानि जानि झेलि खेलका हरकत
अात्तिएरै उसको ननिको चाल डरायो।

५५.अाक्षेप नलगाउ याद तिम्रो नअाएको होइन
तिमी सँगै मर्ने कसम नखाएको होइन ,
होलान् कति गल्ती मेरा ,कतै चुक्यौ तिमी पनि
तिम्रै निम्ति जीवन गीत नगाएको होइन ।।

५६.नचाहेरै याद हुने तिथि, मिति, घडी र क्षण
दुखेको त्यो समय र तिर्न बाँकी अामाको ऋण
मिल्ने भए बिर्सनलाइ केही किस्सा अतितका,
बिर्सिदिन्थे अाफ्नै मुटु बन्दगिमा राखेको दिन ।।

५७.हाँस्नै पर्ने आफ्नै मुटु टुक्रिएर झरे पनी
बाँच्नै पर्ने जीन्दगि यो पल पल मा मरे पनि।
कुरा काट्ने काटिदिन्छन फलानोले नकाम ग-यो
भलाईको निम्ति तिमीले अंङ्गै दान गरे पनि।।

मुक्तक

pipala dhungana पिपला ढुंगाना

५०.न त घट्छ सुगन्ध त्यो गुलाबमा काँडा हुँदा,
नबिर्सन्छ मनले तिमीलाई दूरी थोरै टाढा हुँदा।
उस्तै फुलोस् विश्वासको गुलाब जस्तो पहिले फुल्थ्यो,
समान देख्नु तिमीले माया थोरै फिक्का गाढा हुँदा।।

५१.रंगीन चाहेँ जिन्दगी यो सादा मात्रै लेख्यौ किन?
जे जे लेख्नु पर्थ्यो माथमा आधा मात्रै लेख्यौ किन?
छैन केही गुनासो त जे जे दिन्छौ स्वीकार्दै छु ,
पिर बाधा चुल्याउन मलाई मात्रै देख्यौ किन?

५२.जिन्दगी छैन सजिलो सजिलो बनाउनुपर्छ
त्यसै दिँदैनन् बरदान भगवान र पो त मनाउनुपर्छ ,
कुरो गरिरहन्थ्यो उ ,ठूला बडाको कुकर्म पनि बास्ना आउछ भनेर,
नजानेरै निर्धो गर्छ गल्ती र पनि उसले गन्हाँउनूपर्छ।।

५३.दबाउन सत्य उसलाई नपुंसक बनाइयो
र कमजोर समयलाई हिंस्रक बनाइयो
भित्र भित्रै रचेर नौटंकी, बिच्छ्याएर पर्दा
जिन्दगी रंगमञ्चको नाटक बनाइयो।।

मुक्तक

४६.थाहा छैन नजानेरै पुण्य गरेँ या पाप गरेँ
तिमी भन्छौ बिना सित्ति दुनियाको सन्ताप गरेँ।।
कतै लाग्यो मनमा तिमी अलमलियौ मेरो कारण
बनाएर पत्थर मुटु आफ्नै प्रेमलाई ईन्साफ गरँ।।

४७.दिएर प्यार सारा मन्जुर छु रित्तो हुन
नपरोस् ति हातहरूले भिजेका आँखा छुन ,
रहनु तिमी उस्तै जहाँ पुगोस् जमाना
चम्कियोस् नाम सँधै पछि पारेर जुन।।

४८.जे हुन्छ जस्तो हुन्छ,अचेल सबै छलमा हुन्छ,
जसको शक्ति उसको भक्ति लेखाजोखा बलमा हुन्छ।
बनाउनेले पनि कस्तो प्रविधि बनाईदिएछ यार,
शुन्य हुन्छ सँगै हुने, पराई अगल बगलमा हुन्छ।।

४९.ठ्याक्कै चाँहिदा मेरो साथ साथैमा म नहुनुमा
त्यो समय दोषी होला तिमी तिमी नरहनुमा
दुनियाँले के के भन्लान् पर्वाह नै हुन्न रैछ,
स्वार्थ देख्दा ति आँखाले भक्कानिइ म नरुनुमा।।

मुक्तक

४१.निराकार थियो जिन्दगिले आकार बनायो
सपना पनि देख्नैका लागि साकार बनायो।
लम्बा चौँडा नजान्ने त्यो मूर्ति जस्तो मान्छेलाई
हेर्दाहेर्दै समयले प्रख्यात कलाकार बनायो।।
४३.बिर्से पनि बज्रिएका लाठि मुङ्ग्रा तीरहरु
खीलझै गड्छ जिन्दगीमा जालझेल छलका झिरहरु।।
समयले पुर्दोरैछ तनका चोट आस्ते आस्ते
मर्दो रैछ मान्छे भित्रै लिलाम हुँदा तक्दिरहरु ।।

४४.जानिजानी लाटो जस्तो अभिनय चलेको छ
देख्दा मान्छे पिपल जस्ता नाममा आगो बलेको छ।।
पराइ सँग बरु कतै बाँकी होला भरोसा त्यो
साँप जस्ता आफ्नै सँग नौ नारी नै गलेकोछ।।

४५.झर्नु पर्छ जानेरै नि मुस्कुरायो फूलले सँधै
सुक्नुपर्छ जानेरै नि कलकलायो मूलले सँधै
मान्छे मात्रै बैगुनि हो बिर्सिदिन्छ रितहरु
गल्ती बाटै सच्चिनलााई सिकिरह्योभूलले सँधै।।

मुक्तक

३७.जसको साधनाले ढुङ्गोलाई भगवान बनाउँछ,
जो पुज्छ भगवान र साधकलाई कसरी ढुङ्गो बनाउँछ?
खबरदार परै बस्नु जातियताको वकालत गर्नेहरु हो
तिम्रो बिखण्डनकारी चलखेल अघेरै गन्हाउँछ।।

३८.जब जब रहर सँगै बाध्यता अाउँछ
लाग्छ सपनाको चङ्गा निमेषमै हराउँछ।
नसिकाउँनु पर्ने सिकाइदिन्छ जिन्दगीले त्यतिबेला
जब मिष्ठान्न भोजनकै अघिल्तिर भोको पेट कराउँछ।।

३९.हिजो जिन्दगीले झुक्यायो र रोएँ।
आज फेरी जिन्दगीले दुखायो र रोएँ
आँशु पनि तलतल लाग्ने अफिम जस्तै लत भएछ
पिउँदा पिउँदै मनको तलाउ सुकायो र रोएँ।।

४०.तिमी बस्ने मुटु कतै दुखाईले टुट्यो भने
सुन्दर बगैँचा मायाको असिनाले चुट्यो भने।
मलाई मात्रै नलागोस् दोष, नसकेर आजित भइ
टाल्दा टाल्दै मनको बाँध सदाका लागि फुट्यो भने।।

मुक्तक

३३.बरु लाग्दैन डर त्यति जहर देखेर
त्यति लाग्छ अत्यास अचेल शहर देखेर
त्यो नुनचुकले के चहराउला र मान्छे यहाँ
उति पोल्छ मन नजाने गाउँको सफर देखेर।।

३४.कुनै कुनै यात्रा हरु यात्रा भन्दा माथि हुन्छन्
नचाहेरै बोकिएका अक्सर छातिमा घाति हुन्छन्।।
झल्याँस्स हुन्छ जिन्दगी त्यतिबेला, ऐठन बाट जागे जस्तै
खैर आफ्ना गैर अनि गैर चाँही साथि हुन्छन्।।

३५.सपनीमा ति नजरले पछ्याएको धेरै भयो,
कोशिस गर्दै मनले मनलाई सँच्याएको धेरै भयो
सम्झनाको लहर मात्रै काफि हुन्छ भन्थेँ पहिले
तर यादले आतंक नै मच्चाएको धेरै भयो।।

३६.आँखै अगाडि मायाजालमा, माकुरो आफैँ समाधि लिन्छ
नजानेरै कराउँदो हो झ्याउँकिरी, फुटेरै शीर जिन्दगी सकिन्छ
उ कसरि जान्दथ्योर बाआमाको भागबन्डा इजलास नछिरुन्जेल?
हिजोसम्मको मुटुको टुक्रा वादीले लिन्छ कि प्रतिवादीले लिन्छ।।