तिमी जिन्दगी तिमी नै प्यार बनिदिनु
सम्झना बनिदिनु उस्तै यादगार बनिदिनु
जिन्दगीको हरेक मोडमा साथ दिने गरेर
तिमी यो दिलको स्थायी सरकार बनिदिनु ।।
जानिजानी लाटो जस्तो अभिनय चलेको छ
देख्दा मान्छे पिपल जस्ता नाममा आगो बलेको छ।।
पराइ सँग बरु कतै बाँकी होला भरोसा त्यो
साँप जस्ता आफ्नै सँग नौ नारी नै गलेकोछ।।
आफ्नै सँग समान हुन मिल्नुपर्छ औकात पनि
निर्धोले त पर्छ निल्नु लुकाइ लुकाइ चाहत पनि
कसैको त जिन्दगीमा बाह्रै मास भेल बाढी
बलेसीमा झरिरहन्छ आँशु आफैँ वर्षात् बनि ।।
Pipala Dhungana पिपला ढुंगाना पिपला ढुङ्गानाझर्नु पर्छ जानेरै नि मुस्कुरायो फूलले सँधै
सुक्नुपर्छ जानेरै नि कलकलायो मूलले सँधै
मान्छे मात्रै बैगुनि हो बिर्सिदिन्छ रितहरु
गल्ती बाटै सच्चिनलााई सिकिरह्योभूलले सँधै।।
pipala dhungana पिपला ढुंगाना
pipala dhungana पिपला ढुंगाना
पाइला पाइलामा बच्नु पर्ने मुटु भित्र बस्ने सँग
अघिल्तिर हुँदा सम्म घस्नु चिल्लो घस्ने सँग।।
सामना गर्ने हिम्मत हुन्छ आँखा अघि जाइलागे
कायल हुन्छ जीवन पछि बाट छुरा धस्ने सँग।।

पिपला ढुङ्गानाको (Pipala Dhungana) को जन्म सिन्धुपाल्चोक जिल्लाको बतासे गाविसमा भएको हो। न्युन मध्यम परिवारमा जन्मिएकी उनले विद्यालय स्तरको पढाई सिन्धुपाल्चोकबाट नै पुरा गरेकि हुन्।विद्यालय स्तरबाट नै साहित्यमा रुचि राख्ने उनी उच्चशिक्षा अध्ययनका लागि काठमाडौँ आइन् । बिभिन्न किसिमका साहित्यिक कार्यक्रमहरुमा  भाग लिने, साहित्यिक पत्रिकाहरुमा आफना रचनाहरु प्रकाशित गर्ने गर्दै उनले आफ्नो अध्ययनलाई पनि अगाडि बढाइरहिन्। जिन्दगीलाई सकारात्मक र  फरक आँखाबाट हेर्नुपर्छ भन्ने धारणा राख्ने उनले नेपाली साहित्यमा  स्नातक सम्मको अध्ययन पुरा गरिन् भने राजनीति शास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेकि छिन्। त्यस्तै उनले कानुनमा पनि स्नातक गरेकी छिन्। यसका साथसाथै उनले चिनियाँ भाषाको पनि अध्ययन गरेकी छिन्। अध्यापन, भाषा अनुवाद र पथप्रदर्शनलाई आफ्नो पेशा बनाएकी उनी कथा, कविता, मुक्तक,गजल साथसाथै समसामयिक विषयमा लेखहरू पनि लेख्छिन्। साहित्यिक लेखन सँगै वाचनमा पनि उनको रुचि छ। प्राणी हित र कल्याणका पक्षमा वकालत गर्ने उनका रचनामा पनि त्यसको स्वाद पाइन्छ।