









ABOUT PIPALA
म पिपला ढुङ्गाना, सिन्धुपाल्चोक जिल्लाको सुन्दर गाउँ बतासेमा जन्मेकी हुँ। एक सामान्य मध्यमवर्गीय परिवारमा हुर्किँदै, मैले प्रारम्भिक शिक्षा त्यहीँ गाउँमै पूरा गरेँ। बाल्यकालदेखि नै साहित्यमा गहिरो रुचि थियो, यही रुचिले मलाई उच्च शिक्षाको खोजीमा काठमाडौँसम्म ल्यायो।
कलेज जीवनसँगै मैले विभिन्न साहित्यिक कार्यक्रमहरूमा भाग लिन थालेँ, र मेरा कविता, कथा तथा अन्य रचनाहरू प्रतिष्ठित पत्रपत्रिकामा प्रकाशित हुन थाले। यसैक्रममा मैले नेपाली साहित्यमा स्नातक, राजनीति शास्त्रमा स्नातकोत्तर, र कानुनमा स्नातक (LLB) अध्ययन पूरा गरेँ। साथै, मैले चिनियाँ भाषा पनि अध्ययन गरेकी छु, जसले मलाई चिनियाँ, अङ्ग्रेजी र हिन्दी भाषामा अनुवादक र टुर गाइडका रूपमा समेत सक्षम बनाएको छ।
साहित्य मेरो आत्माको आवाज हो। म कथा, कविता, मुक्तक, गजल लेख्छु र त्यससँगै समसामयिक विषयमा लेखहरू पनि तयार पार्छु। लेखनसँगै वाचनमा पनि रुचि छ, किनभने शब्दहरू केवल लेखिने होइन, महसुस गरिने पनि हुन्।
म प्राणी कल्याण र जीवनको सम्मानमा विश्वास राख्छु। मेरा रचनाहरूमा मानवीय संवेदना, करुणा, र सामाजिक यथार्थको झल्को पाइन्छ। जिन्दगीलाई फरक कोणबाट हेर्ने प्रयासमा म निरन्तर छु सधैं सकारात्मक दृष्टिकोण र नयाँ अनुभूतिको खोजीमा।
ABOUT PIPALA
पिपला ढुङ्गानाको (Pipala Dhungana) को जन्म सिन्धुपाल्चोक जिल्लाको बतासे गाविसमा भएको हो। न्युन मध्यम परिवारमा जन्मिएकी उनले विद्यालय स्तरको पढाई सिन्धुपाल्चोकबाट नै पुरा गरेकि हुन्।विद्यालय स्तरबाट नै साहित्यमा रुचि राख्ने उनी उच्चशिक्षा अध्ययनका लागि काठमाडौँ आइन् । बिभिन्न किसिमका साहित्यिक कार्यक्रमहरुमा भाग लिने, साहित्यिक पत्रिकाहरुमा आफना रचनाहरु प्रकाशित गर्ने गर्दै उनले आफ्नो अध्ययनलाई पनि अगाडि बढाइरहिन्।

PUBLICATION


ARTICLE / लेख

GAJAL/ गजल

STORY / कथा

MUKTAK / मुक्तक
