संगीन धार

जिन्दगीलाई समयको संगीन धारमा राखेर
हिड्छ मान्छे आफैँलाइ मझधारमा राखेर
मल्हम पट्टी गर्छ मान्छे पराईको चोट माथि
सँधैभरि आफ्नालाई चोट र मारमा राखेर

-पिपला ढुंगाना

हिसाब

जज साब यहि कठघरामा निसाफ गरिदिनुस्
मलाई प्रेमले रोगी बनायो इन्साफ गरिदिनुस्।।
भए जति खन्याएर रित्तै भइसके आफु र नि
अझै के कति मिलेन छ हिसाब गरिदिनुस्।।

-पिपला ढुंगाना

खडेरी

खुशी खडेरी पछिको
पानी को छिटट्टा हो।
सम्हालेर बाच्नु पर्छ !
के थाहा कति खडेरी लाई
कटाउनु पर्छ येसै को सिन्चन मा!

स्वतन्त्र

भरोसाको डालीमा
बिस्वासको पंन्जाले
समातेर नै
चरो आज स्वतन्त्र छ।
शंकाको दाहसंस्कार गरेरै
निस्कियो होला उ
सपनाको उचाई चुम्न
र त निस्फिक्री उडिरहेछ
नाथे गुलेलीको डर
धूलोमा उडाएर।

रुनै बिर्सेछु

मैले रुनै बिर्सेछु अचेल
तिमीले बानी बनाएउ र पो
मोलै लाग्दैन ति आशु को
तिमी ले पानी बनाएउ र पो

छलाउन

तिमी बाटै सिकेको हुँ छल्न अनि छलाउन
रेटीएरै जानेको हुँ यो जिन्दगी चलाउन
वा रे वा प्यारो मान्छे कस्तो साथ निभाएछौ!!
सकिन यो पत्थर मुटु कसैगरि गलाउन।

 

अाँशुहरु

कहिलेकाहीँ अाँशुहरु झरि अोझेल पारिदिन्छन्।
थाहा नपाई परेलिले वर्षा पनि झारिदिन्छन्।
संझिएको अाफ्नो मान्छे !छेपारो झैँ रङ्ग फेर्छ
लाग्छ जित्ने युद्ध पनि अाफ्नाहरु हारिदिन्छन्।

मुटु टुक्रिएर

हाँस्नै पर्ने आफ्नै मुटु टुक्रिएर झरे पनी
बाँच्नै पर्ने जीन्दगि यो पल पल मा मरे पनि।
कुरा काट्ने काटिदिन्छन फलानोले नकाम ग-यो
भलाईको निम्ति तिमीले अंङ्गै दान गरे पनि।

बन्दकि

नचाहेरै याद हुने तिथि, मिति, घडी र क्षण
दुखेको त्यो समय र तिर्न बाँकी अामाको ऋण
मिल्ने भए बिर्सनलाइ केही किस्सा अतितका,
बिर्सिदिन्थे अाफ्नै मुटु बन्दकिमा राखेको दिन ।

गीत

अाक्षेप नलगाउ याद तिम्रो नअाएको होइन
तिमी सँगै मर्ने कसम नखाएको होइन ,
होलान् कति गल्ती मेरा ,कतै चुक्यौ तिमी पनि
तिम्रै निम्ति जीवन गीत नगाएको होइन ।।