Pipala Dhungana पिपला ढुङ्गाना उसको त याद पनि मदिरा पिएर आउँछ मुटु खान एक गोलो धमिरा लिएर आउँछ संसार सबै बैरी बनाइ जोडिएको मन पनि आखिरीमा प्वालै प्वाल र चिरा
गजल पीपला ढुंगाना कोहि आमा काटेर परशुराम बने बने कोहि बा काटेर हराम बने उता भोकै छन् पसिना बेच्नेहरु किन्नेकै पक्षमा यता लाम बने एउटै हो उभिएको जमिन र पनि
साँच्चै अचम्मकै मझधारमा रोकियो पानी माग्दै जिन्दगी किनारमा रोकियो देख्नेले अनेक देखे भाग्य पनि मुहारमा घुमिफिरी कुरा उहि निधारमा रोकियो ज्याला लिएर गुजारा गर्नेले बिर्से सास फेर्न जब राहत राजनितिको
गजल Pipala Dhungana पिपला ढुङ्गाना क्षणीक खुसी दिने न हो उपाधिले पनि एक सुस्केरा सुस्काउँछ आजादीले पनि डुङ्गा पछि लाग्दै गर्दा भेट्टाउनलाइ रफ्तार बजाएन घण्टी आउनु पुर्ब बर्बादीले पनि गर्जो
-पिपला ढुङ्गाना अप्रत्याशित समय भावावेशको संघार केहि मिठा त केही तिता आफ्नै जिन्दगीले बाँचेको जिन्दगानी पोल्टाभरिको उकुसमुकुस, र मुठ्ठीभरिको सकस साक्षी राखेर एक फाँको मुस्कान चपाइरहन्छ मान्छे समाज नामक सर्कसमा
पिपला ढुङ्गाना प्रसव पीडाले छट्पटाइरहेकी बनिनसकेकी आमाले सन्तान जन्मिनुँको पूर्व सन्ध्यामा जमिन जतिकै उचाइको आवाजमा मागिन् आगोको मसीले भावना कोर्ने अनुमति र भनिन् जुनाफ एकैछिन पर्खनुहोस् एउटा तीतो चिठी लेख्न
पीपला ढुंगाना ए मलाई नङ्ग्याउन लागिपरेका मान्छेहरू ! म नाङ्गै छु सदियौँदेखि निडर भएर उभिएको वस्त्र च्यातिएको जुलुङ्गोजस्तो । जसको लज्जा जमानामा नै लुटिसके एक हुल बाँदरहरूले अनि थिल्थिलो हुने
मुकुण्डो भित्रका मान्छेहरु मान्छे प्रेमको जाल रचेर आफ्नो जरुरत पुरा गर्न यति विघ्न हतारमा छन् कि कुल्चिन्छन् आफ्नै प्रेम लत्याउँछन् आफ्नै बचन रेट्छन् विस्वासको घाँटी तैपनि भन्न छाड्दैनन् म प्रेमको
आमा फर्कदैछु आफ्नै मुल थलो बोकेर एक पोको भोक लिएर अलिकति साहस साथ लागेर केही थान संगीको किनकी भरोसा आफ्नै माटोको लाग्दो रहेछ झल्झली याद आइरहेछ छाडेर घर सपना किन्न
गुनगुनाउदै राष्ट्रभक्ति कति दिन टिक्छ मान्छे ? कालोबजार मौलाउदा सेताँ क्यारी बिक्छ मान्छे ? भोको पेटमा चिसो रात कटाउनै गाह्राे हुँदा परिभाषाकसो गरि सिक्छ मान्छे? एउटा संसार गुन्द्री अेाढी सिरेटोमा
पीपला ढुंगाना सोच्दैछु ति खाली बाटाहरू के गर्दै होलान् यतिबेला! मैले सम्झिएजस्तै, कल्पनाको पाइला लम्केजस्तै, यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला, आफ्नाे सदाबहार बटुवालाई? एउटा घेरा लगाइएको खुल्ला आकाशमुनि म
पीपला ढुंगाना अँधेरो मझेरीको जून हुन् उनी जसले सँधैभरि उदाइरहनु पर्छ झलमल्ल भएर बादलिने अधिकार छैन उनलाई किनकी उनी आकास होइनन् बादल लाग्ने अधिकार त केवल उचाई सँग हुन्छ सगर
म सडक बाटाेमा रंगिन फूल फूलेकाे देख्छु अनेक रंगका फलफूल पनि देख्छु देख्छु कहिले एकाध हरिया पहिरन देख्छु कहिले मायालु बच्चाहरु अनि मलाई केवल ती एक जाेर अाँखाकै याद अाउँछन्!
भरोसाको डालीमा बिस्वासको पंन्जाले समातेर नै चरो आज स्वतन्त्र छ। शंकाको दाहसंस्कार गरेरै निस्कियो होला उ सपनाको उचाई चुम्न र त निस्फिक्री उडिरहेछ नाथे गुलेलीको डर धूलोमा उडाएर।
लिएर दायित्व बढाएर जिम्मेवारी सहेर उकुसमुकुस जो चुपचाप मुस्कुराउँछे आफ्ना हरुको लागि खाली कसौँडिको आवाजलाई निलेरै भन्छे म टन्न छु न थाक्छे उ कहिल्यै आफ्ना हरुको नजरमा न दिक्क मान्ने
जब नियतिको मझेरीमाकैयौँपटक पछारिन्छठोक्किन्छ, पल्टिन्छ,अनि बजारिन्छ कर्मको बलँेसीमासमयले अबेला गरिदिन्छ बिर्सेरैपर्खाइमा आफ्नो उभिने पालो देखिरहन्छ सपनाकिनकि सपना देख्नुउसको अन्तिम लक्ष्य हो ।या भनौँ आदत भएको छ उसलाईऊ कसरी पो मारोस्नाम रूपी
पिपला ढुङ्गाना कतै बाँचेर मरिरहेछ जिन्दगी कतै मरेर बाँचिरहेछ, कहिले मर्नु न बाँच्नुको दोसाँधमा कहिले बाँच्नु र मर्नुको संघारमा साँच्चै जिन्दगी मरेर बाँचिरहेछ या मरेरै बाँचिरहेछ होला? सोध्न मन छ
जे हुन्छ जस्तो हुन्छ,अचेल सबै छलमा हुन्छ, जसको शक्ति उसको भक्ति लेखाजोखा बलमा हुन्छ। बनाउनेले पनि कस्तो प्रविधि बनाईदिएछ यार, शुन्य हुन्छ सँगै हुने, पराई अगल बगलमा हुन्छ।
पिपला ढुङ्गाना करले हुँदैन माया, डरले हुँदैन माया तिमी गर्छौ व्यर्थै रहर, रहरले हुँदैन माया, पर्खेर समय त्यो जितौँला प्रित नसोचे जो हुन्छ हुन्छ आफैँ,प्रहरले हुँदैन माया।
पिपला ढुङ्गाना (pipala dhungana) थाहा छैन नजानेरै पुण्य गरेँ या पाप गरेँ तिमी भन्छौ बिना सित्ति दुनियाको सन्ताप गरेँ।। कतै लाग्यो मनमा तिमी अलमलियौ मेरो कारण बनाएर पत्थर मुटु आफ्नै
थाहा छैन नजानेरै पुण्य गरेँ या पाप गरेँतिमी भन्छौ बिना सित्ति दुनियाको सन्ताप गरेँ।।कतै लाग्यो मनमा तिमी अलमलियौ मेरो कारणबनाएर पत्थर मुटु आफ्नै प्रेमलाई ईन्साफ गरँ।।
मेरै साथमा हुँदा पनि तिमिलाइ दुखी देख्नुपरे मुटु काटी बिछोडका कथाहरू लेख्नुपरे भैगो तिमी खुशी हुनु मलाई संसार जित्नु छैन । मेरो खुशी निम्ति तिमीले पिडा माथि टेक्नुपरे।। नदेखाउनु दुनियाँलाई
रुँनै लाई पनि बहाना चाहिएको छ यहाँ कहिले उसलाई सम्झिएर रोएँ कतै तिमीलाइ सम्झिएर रोएँ रोएँ कतै आफैँलाइ सम्झिएर कतै सबै बिर्सन लाई रोएँ। बिर्सनलाई रोएको दिन सम्झिएर रोएको दिन
जवानी भरीको माया भरेर बाटेको बिश्वास को डोरीमा धमिरा लागेपछि सपनाहरू बिर्सिएर भोगेको अमिलो जिन्दगीमा मिठास पस्दैगर्दा किरा लाग्न थाल्छ भन्ने जाने देखि प्यारी अामा तिम्रो संझना गाढा भएर अाएको
प्रेमको आँधिहुरिमा सिमलको सेतो भूवा उडाएर, पहाड छिचोल्दै फर्केपछिका ढाक्रेहरु जस्तै जिवनको एउटा पहाड मैले पनि काटेको छू एउटा सुन्दर संसारको परिकल्पनामा गन्तव्य पछ्याऊँदै उडिरहेको चखेवा शिकारिको जालमा फसेजस्तो, उर्लदो
सपनामा अाज आमा मझेरीमा बामे सर्दै थिइन् सम्झेर सन्तान रापिलो तापले पिरोलिएर। भनिदिएँ मैले आमा यता पनि सन्तान तिमीले देखे जस्तो खुसी छैनन् सपनाहरूले थिचिएका तृष्णाले गलेका र तृप्ति बिहिन
हाम्रै निम्ति कुरेको त्यो प्रहर हुनेछ। प्रेम नै प्रेम को मायावी त्यो शहर हुनेछ।। जब पर्खाइको सिमा अन्तिम तिर ढल्दै हुन्छ । मेरो सामु तिम्रो प्रेमिल नजर हुनेछ ! ~Pipala
मैले उन्मुक्तिको नारा लाउन उसै दिन छाडिदिएँ मेरी अामा जब बुख्याचाहरूको बस्तीमा तिम्रो चिच्याहट विलीन भयो । तिम्रो अस्मिताको लूटमा यो शहरले खुसी मनाईरह्यो। अनि रङ्गीन साँझका लागि ओछ्याइए तिम्रा
एउटा चिसो शरीर थियो ,तातिएको बाटो छेउमा , सुग्घरीलो भिडभाडमा देखेँ उसलाई माटो छेउमा, कुल्चिएरै हिड्थे मान्छे बिर्सिएर मानवता , धर्म गर्ने होडबाजी सबेरै त्यो घाटो छेउमा । शंख घण्टी
तिमी प्रेमज्वाला बढाएर आउनु सरिता जसरी गड्गडाएर आउनु।। – मसँगै रमाई कटाउन यो जुनी ती वैरी र पर्खाल लडाएर आउनु।। – हरेक पल पुजामा पुकारी मलाई र विन्ती ईश्वरमा चढाएर
अतिक्रमणमापरेको नेपथ्यको सदावहार यात्री म मलाई छिचोल्नु छैन कुनै प्रतिस्पर्धा म्याराथुनकै गतिमा हुँदो हुँ र पनि । – टुकुचाको गल्लीमा नाक थुनेरै यात्रा कटाइ रहन्छु तर कहिल्यै गन्हाएन मलाई छेवैमा
म दुर चिहाउन निस्केको मान्छे भुलेछु अासपास चिहाउन नै तिमी भन्दा पर केही देख्दै नदेख्ने भएछु अाँखै अगाडिको सुन्दर क्षितिज शिरै माथिको निलो गगन अाफ्नै भरोसा टेकिएको प्यारो माटो प्यास
तिम्रो जवानी खाडीमा पग्लिएको अनि कोरियाको हिउँसँगै जमेको जब सम्म यो देशले नियाली रहन्छ , म मान्दिनँ मेरो देशमा गरिबहरुको दिन आएछ! सपनाको पोको बोकेर तिमी लाहुर हिँडेको दिन म
कहिलेकाहीँ अाँशुहरु झरि अोझेल पारिदिन्छन्। थाहा नपाई परेलिले वर्षा पनि झारिदिन्छन्। संझिएको अाफ्नो मान्छे छेपारो झैँ रङ्ग फेर्छ लाग्छ जित्ने जंङ्ग पनि अाफ्नाहरु हारिदिन्छन्।