आँखै अगाडि मायाजालमा, माकुरो आफैँ समाधि लिन्छ
नजानेरै कराउँदो हो झ्याउँकिरी, फुटेरै शीर जिन्दगी सकिन्छ
उ कसरि जान्दथ्योर बाआमाको भागबन्डा इजलास नछिरुन्जेल?
हिजोसम्मको मुटुको टुक्रा वादीले लिन्छ कि प्रतिवादीले लिन्छ
सपनीमा
सपनीमा ति नजरले पछ्याएको धेरै भयो,
कोशिस गर्दै मनले मनलाई सँच्याएको धेरै भयो
सम्झनाको लहर मात्रै काफि हुन्छ भन्थेँ पहिले
तर यादले आतंक नै मच्चाएको धेरै भयो।।
यात्रा हरु
कुनै कुनै यात्रा हरु यात्रा भन्दा माथि हुन्छन्
नचाहेरै बोकिएका अक्सर छातिमा घाति हुन्छन्।।
झल्याँस्स हुन्छ जिन्दगी त्यतिबेला, ऐठन बाट जागे जस्तै
खैर आफ्ना गैर अनि गैर चाँही साथि हुन्छन्।।
अन्धो
मैले मागेँ भने खुसी
अौकात मिलाएर देउ भगवान्
ज्यादा प्रकाशले मलाई
अन्धो बनाएछ।।
जहर
बरु लाग्दैन डर त्यति जहर देखेर
त्यति लाग्छ अत्यास अचेल शहर देखेर
त्यो नुनचुकले के चहराउला र मान्छे यहाँ
उति पोल्छ मन नजाने गाउँको सफर देखेर।।
फूलहरू
भो नबनाउ सरकार तिमी भत्किएका पुलहरू
तुइन मै झुन्डिउन् ति निमुखाका हुलहरु
मौसुफहरु रित्तै हुन्छन् भो याचना गर्दै नगर्नु
ति आँखाका उन्यू अनि यि आँखाका फूलहरू।
मरनीले
ढुक्क भएँ थाहा पाए देखि पोल्छ मुटु खरानीले
कोही होइनन् आफ्ना, एक दिन छाड्छ आफ्नै परानीले
बल्दो चिता अघिल्तिरै खासखुस गर्दै थिए मान्छे
जिन्दगीको असल उचाई नाप्दो रैछ मरनीले
चूपचाप
ठण्डी देखि अघाएर जाडो पनि भाग्छ एक दिन
दुख्दा दुख्दा आत्तिएर दुःखै पाखा लाग्छ एक दिन
कति दिन पो सक्छौ तिमी थुन्न आवाजको मुख?
जुटाएर बोल्ने हिम्मत चूपचाप पनि जाग्छ एक दिन
युग
तिमी हामी बाँचिरहेको युग यति डरलाग्दो छ
मानौँ सर्पको सवारमा गरिएको यात्रा भरलाग्दो छ!
ढुक्कसँग खेलिन्छ मान्छेकाे भावना सँग यहाँ
छैनन् नाता त्यस्ता पनि देख्दा जति रहरलाग्दो छ!
बनिदिनु
तिमी जिन्दगी तिमी नै प्यार बनिदिनु
सम्झना बनिदिनु उस्तै यादगार बनिदिनु
जिन्दगीको हरेक मोडमा साथ दिने गरेर
तिमी यो दिलको स्थायी सरकार बनिदिनु ।।