अाक्षेप नलगाउ याद तिम्रो नअाएको होइन
तिमी सँगै मर्ने कसम नखाएको होइन ,
होलान् कति गल्ती मेरा ,कतै चुक्यौ तिमी पनि
तिम्रै निम्ति जीवन गीत नगाएको होइन ।।
डरायो
डरायो हाल बेहाल डरायो
अखडा र खालले पार्ने गाल डरायो
जब बेवास्ता गरेँ जानि जानि झेलि खेलका हरकतहरु
अात्तिएरै उसको ननिको चाल डरायो।
नपुंसक
उसलाई नपुंसक बनाइयो
र कमजोर समयलाई हिंस्रक बनाइयो
रचेर नौटंकी, बिच्छ्याएर पर्दा
जिन्दगी रंगमञ्चको नाटक बनाइयो।।
कुकर्म
जिन्दगी छैन सजिलो सजिलो बनाउनुपर्छ
त्यसै दिँदैनन् बरदान भगवान र पो त मनाउनुपर्छ ,
कुरो गरिरहन्थ्यो उ ,ठूला बडाको कुकर्म पनि बास्ना आउछ भनेर,
नजानेरै निर्धो गर्छ गल्ती र पनि उसले गनाउनूपर्छ।।
जिन्दगी
रंगीन चाहेँ जिन्दगी यो सादा मात्रै लेख्यौ किन?
जे जे लेख्नु पर्थ्यो माथमा आधा मात्रै लेख्यौ किन?
छैन केही गुनासो त जे जे दिन्छौ स्वीकार्दै छु ,
पिर बाधा चुल्याउन मलाई मात्रै देख्यौ किन?
गुलाबमा काँडा
न त घट्छ सुगन्ध त्यो गुलाबमा काँडा हुँदा,
नबिर्सन्छ मनले तिमीलाई दूरी थोरै टाढा हुँदा।
उस्तै फुलोस् विश्वासको गुलाब जस्तो पहिले फुल्थ्यो,
समान देख्नु तिमीले माया थोरै फिक्का गाढा हुँदा।।
नरुनु
ठ्याक्कै चाँहिदा मेरो साथ साथैमा म नहुनुमा
त्यो समय दोषी होला तिमी तिमी नरहनुमा
दुनियाँले के के भन्लान् पर्वाह नै हुन्न रैछ,
स्वार्थ देख्दा ति आँखाले भक्कानिइ म नरुनुमा।।
छल
जे हुन्छ जस्तो हुन्छ,अचेल सबै छलमा हुन्छ,
जसको शक्ति उसको भक्ति लेखाजोखा बलमा हुन्छ।
बनाउनेले पनि कस्तो प्रविधि बनाईदिएछ यार,
शुन्य हुन्छ सँगै हुने, पराई अगल बगलमा हुन्छ।
माया
करले हुँदैन माया, डरले हुँदैन माया
तिमी गर्छौ व्यर्थै रहर, रहरले हुँदैन माया,
पर्खेर समय त्यो जितौँला प्रित नसोचे
जो हुन्छ हुन्छ आफैँ,प्रहरले हुँदैन माया।
भिजेका आँखा
दिएर प्यार सारा मन्जुर छु रित्तो हुन
नपरोस् ति हातहरूले भिजेका आँखा छुन ,
रहनु तिमी उस्तै जहाँ पुगोस् जमाना
चम्कियोस् नाम सँधै पछि पारेर जुन।।