मुक्तक
नाडि भन्दा मुल्यवान घडि भए पछि तितो लाग्छ सक्खर पनि बढी भए पछि पुतली जस्ता चम्किला सपना छिट्टै झर्दा रैछन् अब फैलाउँछु सपना मणि भए पछि।।
मुक्तक
वाणीदेखि संगीत सम्म धुन अर्कैको हुन्छ देखिनुमा रवाफिलो गुन अर्कैको हुन्छ स्वाबलम्बी हुँ भनेर छाति फुलाइ हिड्नेहरुको गलामा सुन र भान्सामा नुन अर्कैको हुन्छ।।
मुक्तक
यता किसान मानो रोपी मुरी कुर्दै बसेका छन् ठ्याक्कै साइत मिलाएर सलह गाउँ पसेका छन् आउन पनि कति सम्म आउँन सक्या महामारी जे जे आए ति सबैले निमुखालाइ डसेका छन्।।
मुक्तक
मैले आकाश देख्न पाको धर्ति टेके देखि न हो जूनको मूल्य बढ्दै गाको बादलुले छेकि न हो तिम्रो आँखामा फूल हुँदा सम्मपनि ठिकै थियो कुरा बिग्रिएको तिमीले काँडा देखे देखि
मुक्तक
नाडि भन्दा मुल्यवान घडि भए पछि तितो लाग्छ सक्खर पनि बढी भए पछि पुतली जस्ता सपनाहरु छिट्टै झर्दा रैछन् अब उडाउँछु मात्रै चडि भए पछि।। _Pipala Dhungana पिपला ढुङ्गाना
मुक्तक
सम्झियो भगवान जसलाई उसैले किन दास देख्छ देओस् कोही अक्सिजन नै देख्नेले किन बतास देख्छ साविक भन्दा अलि बढी चिल्लो चाप्लो घस्नेलाइ नै किन होला दुनियाले देख्नु सम्म खास देख्छ।।
मुक्तक
सवाल हरुको वस्तीमा म जवाफ खोजिरहेछु लाग्छ हत्तारको दुनियामा लगाब खोजिरहेछु सबै आफ्ना सबै राम्रा शंका गर्नु कसलाई गर्नु त्यहि भिडमा नकावधारी खराब खोजीरहेछु।।
२ मुक्तकहरु
पिपला ढुङ्गाना गयौ पनि यसरी गयौ नमुना बनाएर आफु भोटको मदन मलाई मुना बनाएर कुर्दा कुर्दै जिन्दगीको आधा सफर सक्किएछ मुटु भित्र पिरको पहाड दुगुना बनाएर।। तिमी भित्तो म पात्रो
मुक्तक
गर्छन् प्यार लुकेर खुलेरै झगडा देखाउँछन् निर्धा पाए आफुलाई खुबै तगडा देखाउँछन् लाग्दैन भरोसा किन किन आफ्नैहरु सँग पनि मनमा राखेर तुष आँखामा घडा देखाउँछन्।।
पासो
न त उसले छाडेको त्यो नासो याद आयो न जिन्दगी सँगको कुनै गुनासो याद आयो मरण भन्दा जिन्दगी गुरुङ्गो भएछ सरकार काटेपछी उसको घाँटीको पासो याद आयो
रानी
जिस्किएर मस्किने त्यो बानी अर्कै कुरा फाइदा मात्रै देखेकालाइ हानी अर्कै कुरा रानी बनाउँछु भन्ने हरु बिर्सिदिन्छन् कहिले काँही साँच्चै रानी र रानी वाला कहानी अर्कै कुरा
छुरा धस्ने सँग
पाइला पाइलामा बच्नु पर्ने मुटु भित्र बस्ने सँग अघिल्तिर हुँदा सम्म घस्नु चिल्लो घस्ने सँग।। सामना गर्ने हिम्मत हुन्छ आँखा अघि जाइलागे कायल हुन्छ जीवन पछि बाट छुरा धस्ने सँग।।
फूल
जिन्दगी फूल हो र त झर्छ एक दिन नचाहरै अविनाशी होइन र त मर्छ एक दिन नचाहेरै आफैँलाई सच्याउनु छ समयको रफ्तार सँगै नत्र जीवन अप्ठ्यारोमा पर्छ एक दिन नचाहेरै
संगीन धार
जिन्दगीलाई समयको संगीन धारमा राखेर हिड्छ मान्छे आफैँलाइ मझधारमा राखेर मल्हम पट्टी गर्छ मान्छे पराईको चोट माथि सँधैभरि आफ्नालाई चोट र मारमा राखेर -पिपला ढुंगाना
हिसाब
जज साब यहि कठघरामा निसाफ गरिदिनुस् मलाई प्रेमले रोगी बनायो इन्साफ गरिदिनुस्।। भए जति खन्याएर रित्तै भइसके आफु र नि अझै के कति मिलेन छ हिसाब गरिदिनुस्।। -पिपला ढुंगाना
खडेरी
खुशी खडेरी पछिको पानी को छिटट्टा हो। सम्हालेर बाच्नु पर्छ ! के थाहा कति खडेरी लाई कटाउनु पर्छ येसै को सिन्चन मा!
रुनै बिर्सेछु
मैले रुनै बिर्सेछु अचेल तिमीले बानी बनाएउ र पो मोलै लाग्दैन ति आशु को तिमी ले पानी बनाएउ र पो
छलाउन
तिमी बाटै सिकेको हुँ छल्न अनि छलाउन रेटीएरै जानेको हुँ यो जिन्दगी चलाउन वा रे वा प्यारो मान्छे कस्तो साथ निभाएछौ!! सकिन यो पत्थर मुटु कसैगरि गलाउन।
अाँशुहरु
कहिलेकाहीँ अाँशुहरु झरि अोझेल पारिदिन्छन्। थाहा नपाई परेलिले वर्षा पनि झारिदिन्छन्। संझिएको अाफ्नो मान्छे !छेपारो झैँ रङ्ग फेर्छ लाग्छ जित्ने युद्ध पनि अाफ्नाहरु हारिदिन्छन्।
मुटु टुक्रिएर
हाँस्नै पर्ने आफ्नै मुटु टुक्रिएर झरे पनी बाँच्नै पर्ने जीन्दगि यो पल पल मा मरे पनि। कुरा काट्ने काटिदिन्छन फलानोले नकाम ग-यो भलाईको निम्ति तिमीले अंङ्गै दान गरे पनि।
बन्दकि
नचाहेरै याद हुने तिथि, मिति, घडी र क्षण दुखेको त्यो समय र तिर्न बाँकी अामाको ऋण मिल्ने भए बिर्सनलाइ केही किस्सा अतितका, बिर्सिदिन्थे अाफ्नै मुटु बन्दकिमा राखेको दिन ।
गीत
अाक्षेप नलगाउ याद तिम्रो नअाएको होइन तिमी सँगै मर्ने कसम नखाएको होइन , होलान् कति गल्ती मेरा ,कतै चुक्यौ तिमी पनि तिम्रै निम्ति जीवन गीत नगाएको होइन ।।
डरायो
डरायो हाल बेहाल डरायो अखडा र खालले पार्ने गाल डरायो जब बेवास्ता गरेँ जानि जानि झेलि खेलका हरकतहरु अात्तिएरै उसको ननिको चाल डरायो।
नपुंसक
उसलाई नपुंसक बनाइयो र कमजोर समयलाई हिंस्रक बनाइयो रचेर नौटंकी, बिच्छ्याएर पर्दा जिन्दगी रंगमञ्चको नाटक बनाइयो।।
कुकर्म
जिन्दगी छैन सजिलो सजिलो बनाउनुपर्छ त्यसै दिँदैनन् बरदान भगवान र पो त मनाउनुपर्छ , कुरो गरिरहन्थ्यो उ ,ठूला बडाको कुकर्म पनि बास्ना आउछ भनेर, नजानेरै निर्धो गर्छ गल्ती र पनि
जिन्दगी
रंगीन चाहेँ जिन्दगी यो सादा मात्रै लेख्यौ किन? जे जे लेख्नु पर्थ्यो माथमा आधा मात्रै लेख्यौ किन? छैन केही गुनासो त जे जे दिन्छौ स्वीकार्दै छु , पिर बाधा चुल्याउन
गुलाबमा काँडा
न त घट्छ सुगन्ध त्यो गुलाबमा काँडा हुँदा, नबिर्सन्छ मनले तिमीलाई दूरी थोरै टाढा हुँदा। उस्तै फुलोस् विश्वासको गुलाब जस्तो पहिले फुल्थ्यो, समान देख्नु तिमीले माया थोरै फिक्का गाढा हुँदा।।
नरुनु
ठ्याक्कै चाँहिदा मेरो साथ साथैमा म नहुनुमा त्यो समय दोषी होला तिमी तिमी नरहनुमा दुनियाँले के के भन्लान् पर्वाह नै हुन्न रैछ, स्वार्थ देख्दा ति आँखाले भक्कानिइ म नरुनुमा।।
छल
जे हुन्छ जस्तो हुन्छ,अचेल सबै छलमा हुन्छ, जसको शक्ति उसको भक्ति लेखाजोखा बलमा हुन्छ। बनाउनेले पनि कस्तो प्रविधि बनाईदिएछ यार, शुन्य हुन्छ सँगै हुने, पराई अगल बगलमा हुन्छ।
माया
करले हुँदैन माया, डरले हुँदैन माया तिमी गर्छौ व्यर्थै रहर, रहरले हुँदैन माया, पर्खेर समय त्यो जितौँला प्रित नसोचे जो हुन्छ हुन्छ आफैँ,प्रहरले हुँदैन माया।
भिजेका आँखा
दिएर प्यार सारा मन्जुर छु रित्तो हुन नपरोस् ति हातहरूले भिजेका आँखा छुन , रहनु तिमी उस्तै जहाँ पुगोस् जमाना चम्कियोस् नाम सँधै पछि पारेर जुन।।
प्रेमलाई
थाहा छैन नजानेरै पुण्य गरेँ या पाप गरेँ तिमी भन्छौ बिना सित्ति दुनियाको सन्ताप गरेँ।। कतै लाग्यो मनमा तिमी अलमलियौ मेरो कारण बनाएर पत्थर मुटु आफ्नै प्रेमलाई ईन्साफ गरँ।।
मुस्कुरायो फूलले
झर्नु पर्छ जानेरै नि मुस्कुरायो फूलले सँधै सुक्नुपर्छ जानेरै नि कलकलायो मूलले सँधै मान्छे मात्रै बैगुनि हो बिर्सिदिन्छ रितहरु गल्ती बाटै सच्चिनलााई सिकिरह्योभूलले सँधै
भरोसा
जानिजानी लाटो जस्तो अभिनय चलेको छ देख्दा मान्छे पिपल जस्ता नाममा आगो बलेको छ।। पराइ सँग बरु कतै बाँकी होला भरोसा त्यो साँप जस्ता आफ्नै सँग नौ नारी नै गलेकोछ।।
तक्दिरहरु
बिर्से पनि बज्रिएका लाठि मुङ्ग्रा तीरहरु खीलझै गड्छ जिन्दगीमा जालझेल छलका झिरहरु।। समयले पुर्दोरैछ तनका चोट आस्ते आस्ते मर्दो रैछ मान्छे भित्रै लिलाम हुँदा तक्दिरहरु ।।
बन्धन
म बन्धनलाई बन्दना बनाउँछु,उ बन्दनालाई बन्धन बनाउँछ रैछ कस्तो शक्ति झुटमा विवेक विचार सबैलाइ तनाउँछ लाशै किन नहोस् सत्य, चिहान उठ्छ जुर्मुराएर तैपनि बिर्सेर छोप्छ मान्छे एक न एक दिन
कलाकार
निराकार थियो जिन्दगिले आकार बनायो सपना पनि देख्नैका लागि साकार बनायो। लम्बा चौँडा नजान्ने त्यो मूर्ति जस्तो मान्छेलाई हेर्दाहेर्दै समयले कलाकार बनायो।।
तिमी बस्ने मुटु
तिमी बस्ने मुटु कतै दुखाईले टुट्यो भने सुन्दर बगैँचा मायाको असिनाले चुट्यो भने। मलाई मात्रै नलागोस् दोष, नसकेर आजित भइ टाल्दा टाल्दै मनको बाँध सदाका लागि फुट्यो भने।।
रोएँ
हिजो जिन्दगीले झुक्यायो र रोएँ। आज फेरी जिन्दगीले दुखायो र रोएँ आँशु पनि तलतल लाग्ने अफिम जस्तै लत भएछ पिउँदा पिउँदै मनको तलाउ सुकायो र रोएँ।।
बाध्यता
जब जब रहर सँगै बाध्यता अाउँछ लाग्छ सपनाको चङ्गा निमेषमै हराउँछ। नसिकाउँनु पर्ने सिकाइदिन्छ जिन्दगीले त्यतिबेला जब मिष्ठान्न भोजनकै अघिल्तिर भोको पेट कराउँछ।।
भगवान
जसको साधनाले ढुङ्गोलाई भगवान बनाउँछ, जो पुज्छ भगवान र साधकलाई कसरी ढुङ्गो बनाउँछ? खबरदार परै बस्नु जातियताको वकालत गर्नेहरु हो! तिम्रो बिखण्डनकारी चलखेल अघेरै गन्हाउँछ!
मायाजालमा
आँखै अगाडि मायाजालमा, माकुरो आफैँ समाधि लिन्छ नजानेरै कराउँदो हो झ्याउँकिरी, फुटेरै शीर जिन्दगी सकिन्छ उ कसरि जान्दथ्योर बाआमाको भागबन्डा इजलास नछिरुन्जेल? हिजोसम्मको मुटुको टुक्रा वादीले लिन्छ कि प्रतिवादीले लिन्छ
सपनीमा
सपनीमा ति नजरले पछ्याएको धेरै भयो, कोशिस गर्दै मनले मनलाई सँच्याएको धेरै भयो सम्झनाको लहर मात्रै काफि हुन्छ भन्थेँ पहिले तर यादले आतंक नै मच्चाएको धेरै भयो।।
यात्रा हरु
कुनै कुनै यात्रा हरु यात्रा भन्दा माथि हुन्छन् नचाहेरै बोकिएका अक्सर छातिमा घाति हुन्छन्।। झल्याँस्स हुन्छ जिन्दगी त्यतिबेला, ऐठन बाट जागे जस्तै खैर आफ्ना गैर अनि गैर चाँही साथि हुन्छन्।।
अन्धो
मैले मागेँ भने खुसी अौकात मिलाएर देउ भगवान् ज्यादा प्रकाशले मलाई अन्धो बनाएछ।।
जहर
बरु लाग्दैन डर त्यति जहर देखेर त्यति लाग्छ अत्यास अचेल शहर देखेर त्यो नुनचुकले के चहराउला र मान्छे यहाँ उति पोल्छ मन नजाने गाउँको सफर देखेर।।
फूलहरू
भो नबनाउ सरकार तिमी भत्किएका पुलहरू तुइन मै झुन्डिउन् ति निमुखाका हुलहरु मौसुफहरु रित्तै हुन्छन् भो याचना गर्दै नगर्नु ति आँखाका उन्यू अनि यि आँखाका फूलहरू।
मरनीले
ढुक्क भएँ थाहा पाए देखि पोल्छ मुटु खरानीले कोही होइनन् आफ्ना, एक दिन छाड्छ आफ्नै परानीले बल्दो चिता अघिल्तिरै खासखुस गर्दै थिए मान्छे जिन्दगीको असल उचाई नाप्दो रैछ मरनीले
चूपचाप
ठण्डी देखि अघाएर जाडो पनि भाग्छ एक दिन दुख्दा दुख्दा आत्तिएर दुःखै पाखा लाग्छ एक दिन कति दिन पो सक्छौ तिमी थुन्न आवाजको मुख? जुटाएर बोल्ने हिम्मत चूपचाप पनि जाग्छ