मानव अस्तित्वको विशालता भित्र
थुप्रै मान्छे
बनेका छन् कैदी आफ्नै लतको
र छन् जकडिएका सान्त्वनाको इच्छाले
पखेटा काटिएका चरा जस्तै
थुनिएका छन् ति
सुपरिचित पिंजडाभित्र
पदार्थ, बानी, वा भावना
आखिर मिसिन्छ के मा?
यो लत भन्ने जिनिस
जसले शरिर र आत्मालाई
समात्छ एकैपटक
अनि बुन्छ जटिल जाल
दिँदैन उम्किन
पारेर पासोमा आफैँलाई
न हार सुन्छ न गुहार
र पनि चलिरहन्छ
आफैँ सँगको युद्ध
निरन्तर निरन्तर
जबसम्म देखिदैन छर्लङ्ग
साझा मानवताको कच्चा स्थिति
लेपन सहितको शुद्ध सुन्दरता
सभ्यताको कुरुप अनुहार ।।