मुक्तक

४६.थाहा छैन नजानेरै पुण्य गरेँ या पाप गरेँ
तिमी भन्छौ बिना सित्ति दुनियाको सन्ताप गरेँ।।
कतै लाग्यो मनमा तिमी अलमलियौ मेरो कारण
बनाएर पत्थर मुटु आफ्नै प्रेमलाई ईन्साफ गरँ।।

४७.दिएर प्यार सारा मन्जुर छु रित्तो हुन
नपरोस् ति हातहरूले भिजेका आँखा छुन ,
रहनु तिमी उस्तै जहाँ पुगोस् जमाना
चम्कियोस् नाम सँधै पछि पारेर जुन।।

४८.जे हुन्छ जस्तो हुन्छ,अचेल सबै छलमा हुन्छ,
जसको शक्ति उसको भक्ति लेखाजोखा बलमा हुन्छ।
बनाउनेले पनि कस्तो प्रविधि बनाईदिएछ यार,
शुन्य हुन्छ सँगै हुने, पराई अगल बगलमा हुन्छ।।

४९.ठ्याक्कै चाँहिदा मेरो साथ साथैमा म नहुनुमा
त्यो समय दोषी होला तिमी तिमी नरहनुमा
दुनियाँले के के भन्लान् पर्वाह नै हुन्न रैछ,
स्वार्थ देख्दा ति आँखाले भक्कानिइ म नरुनुमा।।

Recent Posts

Leave a Comment