गजल

गजल Pipala Dhungana पिपला ढुङ्गाना क्षणीक खुसी दिने न हो उपाधिले पनि एक सुस्केरा सुस्काउँछ आजादीले पनि डुङ्गा पछि लाग्दै गर्दा भेट्टाउनलाइ रफ्तार बजाएन घण्टी आउनु पुर्ब बर्बादीले पनि गर्जो टार्न [...]

मुक्तक

सम्झियो भगवान जसलाई उसैले किन दास देख्छ देओस् कोही अक्सिजन नै देख्नेले किन बतास देख्छ साविक भन्दा अलि बढी चिल्लो चाप्लो घस्नेलाइ नै किन होला दुनियाले देख्नु सम्म खास देख्छ।।

मुक्तक

सवाल हरुको वस्तीमा म जवाफ खोजिरहेछु लाग्छ हत्तारको दुनियामा लगाब खोजिरहेछु सबै आफ्ना सबै राम्रा शंका गर्नु कसलाई गर्नु त्यहि भिडमा नकावधारी खराब खोजीरहेछु।।

मान्छे हुनुको अभिनय

-पिपला ढुङ्गाना अप्रत्याशित समय भावावेशको संघार केहि मिठा त केही तिता आफ्नै जिन्दगीले बाँचेको जिन्दगानी पोल्टाभरिको उकुसमुकुस, र मुठ्ठीभरिको सकस साक्षी राखेर एक फाँको मुस्कान चपाइरहन्छ मान्छे [...]

२ मुक्तकहरु

पिपला ढुङ्गाना गयौ पनि यसरी गयौ नमुना बनाएर आफु भोटको मदन मलाई मुना बनाएर कुर्दा कुर्दै जिन्दगीको आधा सफर सक्किएछ मुटु भित्र पिरको पहाड दुगुना बनाएर।। तिमी भित्तो म पात्रो सँगै हुने कुरै भएन तिमी [...]

तीतो चिठी

पिपला ढुङ्गाना प्रसव पीडाले छट्पटाइरहेकी बनिनसकेकी आमाले सन्तान जन्मिनुँको पूर्व सन्ध्यामा जमिन जतिकै उचाइको आवाजमा मागिन् आगोको मसीले भावना कोर्ने अनुमति र भनिन् जुनाफ एकैछिन पर्खनुहोस् एउटा [...]

मुक्तक

गर्छन् प्यार लुकेर खुलेरै झगडा देखाउँछन् निर्धा पाए आफुलाई खुबै तगडा देखाउँछन् लाग्दैन भरोसा किन किन आफ्नैहरु सँग पनि मनमा राखेर तुष आँखामा घडा देखाउँछन्।।

अनलाइन कक्षाको संभाव्यता र प्रभावकारीतामा प्रश्न

पिपला ढुंगाना गत नोभेम्बरमा पहिलो पटक चीनको वुहानमा देखिएको कोरोना भाइरसका कारण विश्व आज लगभग बन्दी अवस्थामा छ। र, त्यसको असर मानव स्वास्थ्यमा मात्रै नभएर राजनीति, कल-कारखाना, शैक्षिक, कृषि, [...]