कल्पना

 

एउटा मिठो सपना यो टुट्यो भने के गरुँला?
तिमी सँगै बाँच्ने रहर छुट्यो भने के गरुँला?

तिमी माथि बाँधेको यो   भरोशाको   डोरी
मलाइ नै छली कतै चँुड्यो भने के गरुँला?

आजभोलि लाग्छ डर आफ्नै छाँया देख्दा पनि
एक्लै देखि उसले छाडि उठ्यो भने के गरुँला?

दुखाएर आफ्नै चित्त फुलाएर सास पनि
तिम्रै नाम मा चल्ने मुटु फुट्यो भने के गरुँला?

त्याग

मेरै साथमा हुँदा पनि तिमिलाइ दुखी देख्नुपरे
मुटु काटी बिछोडका कथाहरू लेख्नुपरे
भैगो तिमी खुशी हुनु मलाई संसार जित्नु छैन ।
मेरो खुशी निम्ति तिमीले  पिडा माथि टेक्नुपरे।।

नदेखाउनु दुनियाँलाई  पिरले छाति सेक्नुपरे
दिनु तिम्रा दुखहरु केशै थाप्छु खेप्नुपरे
हन्डर खान दुख पिउन  मलाइ बानी परिसक्यो
तर्किएरै जाउला कतै हाँसो तिम्रो छेक्नुपरे।।