६६.हामी जस्तै कालापानी लिपुलेक नि रुँदो होला
तात्तिएर लिम्पियाधुरा हिउँले मुहार धुँदो होला
युगौँदेखि दोस्रो मान्छे बनि जिवन चलाउनेलाइ
घरदेशले बिर्सिदिँदा मनमा कस्तो हुँदो होला?

६७.मैले आकाश देख्न पाको धर्ति टेके देखि न हो
जूनको मूल्य बढ्दै गाको बादलुले छेकि न हो
तिम्रो आँखामा फूल हुँदा सम्मपनि ठिकै थियो
कुरा बिग्रिएको तमीले काँडा देखे देखि न हो।।

६८.नाडि भन्दा मुल्यवान घडि भए पछि
तितो लाग्छ सक्खर पनि बढी भए पछि
पुतली जस्ता चम्किला सपना छिट्टै झर्दा रैछन्
अब फैलाउँछु सपना मणि भए पछि।।

६९.वाणीदेखि संगीत सम्म धुन अर्कैको हुन्छ
देखिनुमा रवाफिलो गुन अर्कैको हुन्छ
स्वाबलम्बी हुँ भनेर छाति फुलाइ हिड्नेहरुको
गलामा सुन र भान्सामा नुन अर्कैको हुन्छ।।

Recommended Posts