५४.डरायो हाल अनि बेहाल डरायो
अखडा र खालले पार्ने गाल डरायो
बेवास्ता गरेँ जानि जानि झेलि खेलका हरकत
अात्तिएरै उसको ननिको चाल डरायो।

५५.अाक्षेप नलगाउ याद तिम्रो नअाएको होइन
तिमी सँगै मर्ने कसम नखाएको होइन ,
होलान् कति गल्ती मेरा ,कतै चुक्यौ तिमी पनि
तिम्रै निम्ति जीवन गीत नगाएको होइन ।।

५६.नचाहेरै याद हुने तिथि, मिति, घडी र क्षण
दुखेको त्यो समय र तिर्न बाँकी अामाको ऋण
मिल्ने भए बिर्सनलाइ केही किस्सा अतितका,
बिर्सिदिन्थे अाफ्नै मुटु बन्दगिमा राखेको दिन ।।

५७.हाँस्नै पर्ने आफ्नै मुटु टुक्रिएर झरे पनी
बाँच्नै पर्ने जीन्दगि यो पल पल मा मरे पनि।
कुरा काट्ने काटिदिन्छन फलानोले नकाम ग-यो
भलाईको निम्ति तिमीले अंङ्गै दान गरे पनि।।

Recommended Posts