मुक्तक

५०.न त घट्छ सुगन्ध त्यो गुलाबमा काँडा हुँदा,
नबिर्सन्छ मनले तिमीलाई दूरी थोरै टाढा हुँदा।
उस्तै फुलोस् विश्वासको गुलाब जस्तो पहिले फुल्थ्यो,
समान देख्नु तिमीले माया थोरै फिक्का गाढा हुँदा।।

५१.रंगीन चाहेँ जिन्दगी यो सादा मात्रै लेख्यौ किन?
जे जे लेख्नु पर्थ्यो माथमा आधा मात्रै लेख्यौ किन?
छैन केही गुनासो त जे जे दिन्छौ स्वीकार्दै छु ,
पिर बाधा चुल्याउन मलाई मात्रै देख्यौ किन?

५२.जिन्दगी छैन सजिलो सजिलो बनाउनुपर्छ
त्यसै दिँदैनन् बरदान भगवान र पो त मनाउनुपर्छ ,
कुरो गरिरहन्थ्यो उ ,ठूला बडाको कुकर्म पनि बास्ना आउछ भनेर,
नजानेरै निर्धो गर्छ गल्ती र पनि उसले गन्हाँउनूपर्छ।।

५३.दबाउन सत्य उसलाई नपुंसक बनाइयो
र कमजोर समयलाई हिंस्रक बनाइयो
भित्र भित्रै रचेर नौटंकी, बिच्छ्याएर पर्दा
जिन्दगी रंगमञ्चको नाटक बनाइयो।।

Recent Posts

Leave a Comment