३३.बरु लाग्दैन डर त्यति जहर देखेर
त्यति लाग्छ अत्यास अचेल शहर देखेर
त्यो नुनचुकले के चहराउला र मान्छे यहाँ
उति पोल्छ मन नजाने गाउँको सफर देखेर।।

३४.कुनै कुनै यात्रा हरु यात्रा भन्दा माथि हुन्छन्
नचाहेरै बोकिएका अक्सर छातिमा घाति हुन्छन्।।
झल्याँस्स हुन्छ जिन्दगी त्यतिबेला, ऐठन बाट जागे जस्तै
खैर आफ्ना गैर अनि गैर चाँही साथि हुन्छन्।।

३५.सपनीमा ति नजरले पछ्याएको धेरै भयो,
कोशिस गर्दै मनले मनलाई सँच्याएको धेरै भयो
सम्झनाको लहर मात्रै काफि हुन्छ भन्थेँ पहिले
तर यादले आतंक नै मच्चाएको धेरै भयो।।

३६.आँखै अगाडि मायाजालमा, माकुरो आफैँ समाधि लिन्छ
नजानेरै कराउँदो हो झ्याउँकिरी, फुटेरै शीर जिन्दगी सकिन्छ
उ कसरि जान्दथ्योर बाआमाको भागबन्डा इजलास नछिरुन्जेल?
हिजोसम्मको मुटुको टुक्रा वादीले लिन्छ कि प्रतिवादीले लिन्छ।।

Recommended Posts