गजल पीपला ढुंगाना कोहि आमा काटेर परशुराम बने बने कोहि बा काटेर हराम बने उता भोकै छन् पसिना बेच्नेहरु किन्नेकै पक्षमा यता लाम बने एउटै हो उभिएको जमिन र पनि कोहि खम्बा कोहि मात्र डाम बने तिम्रो पनि [...]
वाणीदेखि संगीत सम्म धुन अर्कैको हुन्छ देखिनुमा रवाफिलो गुन अर्कैको हुन्छ स्वाबलम्बी हुँ भनेर छाति फुलाइ हिड्नेहरुको गलामा सुन र भान्सामा नुन अर्कैको हुन्छ।।
साँच्चै अचम्मकै मझधारमा रोकियो पानी माग्दै जिन्दगी किनारमा रोकियो देख्नेले अनेक देखे भाग्य पनि मुहारमा घुमिफिरी कुरा उहि निधारमा रोकियो ज्याला लिएर गुजारा गर्नेले बिर्से सास फेर्न जब राहत [...]
यता किसान मानो रोपी मुरी कुर्दै बसेका छन् ठ्याक्कै साइत मिलाएर सलह गाउँ पसेका छन् आउन पनि कति सम्म आउँन सक्या महामारी जे जे आए ति सबैले निमुखालाइ डसेका छन्।। Pipala Dhungana पिपला ढुङ्गाना
मैले आकाश देख्न पाको धर्ति टेके देखि न हो जूनको मूल्य बढ्दै गाको बादलुले छेकि न हो तिम्रो आँखामा फूल हुँदा सम्मपनि ठिकै थियो कुरा बिग्रिएको तिमीले काँडा देखे देखि न हो।। Pipala Dhungana पिपला ढुङ्गाना
नाडि भन्दा मुल्यवान घडि भए पछि तितो लाग्छ सक्खर पनि बढी भए पछि पुतली जस्ता सपनाहरु छिट्टै झर्दा रैछन् अब उडाउँछु मात्रै चडि भए पछि।। _Pipala Dhungana पिपला ढुङ्गाना
Contact Pipala
I hope you enjoy your visit to my webpage. Do not forget to leave your feedback