कल्पना

 

एउटा मिठो सपना यो टुट्यो भने के गरुँला?
तिमी सँगै बाँच्ने रहर छुट्यो भने के गरुँला?

तिमी माथि बाँधेको यो   भरोशाको   डोरी
मलाइ नै छली कतै चँुड्यो भने के गरुँला?

आजभोलि लाग्छ डर आफ्नै छाँया देख्दा पनि
एक्लै देखि उसले छाडि उठ्यो भने के गरुँला?

दुखाएर आफ्नै चित्त फुलाएर सास पनि
तिम्रै नाम मा चल्ने मुटु फुट्यो भने के गरुँला?

Recent Posts

Leave a Comment

pipala dhungana पिपला ढुंगाना