तिमी प्रेमज्वाला बढाएर आउनु
सरिता जसरी गड्गडाएर आउनु।।
–
मसँगै रमाई कटाउन यो जुनी
ती वैरी र पर्खाल लडाएर आउनु।।
–
हरेक पल पुजामा पुकारी मलाई
र विन्ती ईश्वरमा चढाएर आउनु।।
–
मुटुमा बनेको लुकाउन घाउ
नदि पारी बग्गी अडाएर आउनु।।
–
नदेख्लान् दुनियाँ रिस गर्ने हरुले
तिनलाई रिसमै वेद पढाएर आउनु।।
–