भुइँमान्छेको नारा

पीपला ढुंगाना ए मलाई नङ्ग्याउन लागिपरेका मान्छेहरू ! म नाङ्गै छु सदियौँदेखि निडर भएर उभिएको वस्त्र च्यातिएको जुलुङ्गोजस्तो । जसको लज्जा जमानामा नै लुटिसके एक हुल बाँदरहरूले अनि थिल्थिलो हुने गरी [...]

मुकुण्डो भित्रका मान्छेहरु

मुकुण्डो भित्रका मान्छेहरु मान्छे प्रेमको जाल रचेर आफ्नो जरुरत पुरा गर्न यति विघ्न हतारमा छन् कि कुल्चिन्छन् आफ्नै प्रेम लत्याउँछन् आफ्नै बचन रेट्छन् विस्वासको घाँटी तैपनि भन्न छाड्दैनन् म [...]

परदेशी लाइ पत्र

आमा फर्कदैछु आफ्नै मुल थलो बोकेर एक पोको भोक लिएर अलिकति साहस साथ लागेर केही थान संगीको किनकी भरोसा आफ्नै माटोको लाग्दो रहेछ झल्झली याद आइरहेछ छाडेर घर सपना किन्न हिँडेको दिनको मुटु भन्दा पनि पेट [...]

राजनीति

गुनगुनाउदै राष्ट्रभक्ति कति दिन टिक्छ मान्छे ? कालोबजार मौलाउदा सेताँ क्यारी बिक्छ मान्छे ? भोको पेटमा चिसो रात कटाउनै गाह्राे हुँदा परिभाषाकसो गरि सिक्छ मान्छे? एउटा संसार गुन्द्री अेाढी [...]

पासो

न त उसले छाडेको त्यो नासो याद आयो न जिन्दगी सँगको कुनै गुनासो याद आयो मरण भन्दा जिन्दगी गुरुङ्गो भएछ सरकार काटेपछी उसको घाँटीको पासो याद आयो

बन्दी

पीपला ढुंगाना सोच्दैछु ति खाली बाटाहरू के गर्दै होलान् यतिबेला! मैले सम्झिएजस्तै, कल्पनाको पाइला लम्केजस्तै, यिनीहरू पनि सम्झन्छन् कि सम्झदैनन् होला, आफ्नाे सदाबहार बटुवालाई? एउटा घेरा लगाइएको [...]

रानी

जिस्किएर मस्किने त्यो बानी अर्कै कुरा फाइदा मात्रै देखेकालाइ हानी अर्कै कुरा रानी बनाउँछु भन्ने हरु बिर्सिदिन्छन् कहिले काँही साँच्चै रानी र रानी वाला कहानी अर्कै कुरा

आमा

पीपला ढुंगाना ‌अँधेरो मझेरीको जून हुन् उनी जसले सँधैभरि उदाइरहनु पर्छ झलमल्ल भएर बादलिने अधिकार छैन उनलाई किनकी उनी आकास होइनन् बादल लाग्ने अधिकार त केवल उचाई सँग हुन्छ सगर सँग हुन्छ कि त हुन्छ [...]

रंगिन फूल

म सडक बाटाेमा रंगिन फूल फूलेकाे देख्छु अनेक रंगका फलफूल पनि देख्छु देख्छु कहिले एकाध हरिया पहिरन देख्छु कहिले मायालु बच्चाहरु अनि मलाई केवल ती एक जाेर अाँखाकै याद अाउँछन्!

म मन्दिर हूँ

लाग्छ म मन्दिर हूँ र मलाई मन परेको मान्छे भर्खरै मात्रै पार भयो म देखि मलाई बाँया पारेर र थाहा छ उ अब कहिल्यै फर्केर आउँदैन यो बाटो र पाँउदिन मैले उसको दाँया पर्ने अबसर!!